टोकियो- कोरोना भाइरसको संक्रमणका कारण १ सय भन्दा बढी उत्तर कोरियाली सैनिकहरुको ज्यान गएको जापानी दैनिक पत्रिका योमिउरी सिम्बुनले दावी गरेको छ ।
उक्त पत्रिकाका अनुसार कोरोना संक्रमणका कारण फेब्रुअरी यता सो संख्यामा सैनिकहरुको हताहती भएको हो ।
दक्षिण कोरियाली, अमेरिकी तथा जापानी विश्वशनीय शुत्रहरुको हवला दिँदै उक्त पत्रिकाले जनाए अनुसार कोरोना संक्रमण उत्तर कोरियाली सीमा क्षेत्रहरुमा ब्यापक रुपमा देखिइसकेको तथा मध्य क्षेत्रका शहरहरुमा समेत फैलिदो रुपमा रहेको छ ।
उत्तर कोरियाकै समाचारलाई आधार मान्ने हो भने हालसम्म उत्तरमा एक जना पनि कोरोना संक्रमित रहेका छैनन् । उसले बाहिर गएर आएका आफ्ना करिव २ हजार नागरिकहरुलाई चिकित्सकहरुको कडा निगारानीमा क्वारेन्टाइनमा राखेको उत्तर कोरियाली सरकारी समाचार संस्थाले जनाएको छ ।
तर उत्तर कोरियाको विषयमा जानकारहरुका अनुसार भने उत्तर कोरियासँग कोरोना भाइरस परिक्षण गर्ने टेस्ट कीट नभएका कारण उसले त्यस्तो अभिव्यक्ति दिएको दावी गरेका छन् ।
उत्तरले हालै बन्द गराएका सम्पूर्ण सैन्य गतिविधिहरु कोरोना भाइरस संक्रमणकै नतिजा भएको पनि उनीहरुले जनाएका छन् ।
यस अघि अमेरिकी सैनिकका उत्तर कोरिया हेर्ने जेनरल अब्राहम्सले पनि उत्तर कोरियामा कोरोना संक्रमण भएको दावी गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस