टोकियो- जापानले अमेरिका, चीन, दक्षिण कोरिया तथा युरोपेली मूलुकबाट जापान आउन चाहाने जापानी तथा गैर जापानी नागरिकहरुलाई प्रवेश निषेध गर्ने जनाएको छ ।
सोमबार सरकारी अधिकारीले दिएको जानकारी अनुसार कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि सरकारले सो निर्णय लिएको हो । सो निर्णय कहिलेबाट कार्यान्वयन गराइने बारे यकिन मिति तय नभए तापनि सरकारले सो विषयमा पनि छिट्टै निर्णय लिने छ, एक सरकारी अधिकारीले बताए ।
हाल जापानले आफ्नो देशमा प्रवेश गर्ने जो कोहीलाई पनि १४ दिन अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ र सो क्वारेन्टाइन चिकित्सकको निगारानीमा भइरहेको छ भने संक्रमण ग्रस्त क्षेत्रबाट हुने आवागमन पूर्ण रुपमा बन्द गरिसकेको छ ।
चीनको हुवान, कोरियाको थेगु तथा युरोपका २० भन्दा बढी मुलुकहरु सँग जापानले यस अघि नै हवाई सम्पर्क टुटाइसकेको छ ।
यस सँगै जापान सरकारले आफ्ना नागरिकहरुलाई अत्यावश्यक काम बाहेक देश बाहिर नजान समेत निर्देशन दिएको छ । कोरोना भाइरसका कारण विश्वभर ३४ हजार बढीको ज्यान गइसकेको अवस्थामा जापानमा ठूलो संख्यामा संक्रमितहरु नपाइए तापनि कुनै पनि बेला संक्रमणले माहामारीको रुप लिन सक्ने बताउदै सरकारले सबै नागरिकहरुलाई सहयोगको अपिल समेत गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस