एजेन्सी – कोराना भाईरस अर्थात कोभिड १९ का कारण अहिलेसम्म विश्वभर झण्डै ३८ हजार जनाको मृत्यु भएको छ । संक्रमित ७ लाख ८४ हजार ३ सय ८१ जनामध्ये अहिलेसम्म ३७ हजार ७ सय ८० जनाको मृत्यु भएको वल्र्डोमिटरले जनाएको छ ।
संक्रमण भएकामध्ये अहिलेसम्म १ लाख ६५ हजार ६५ जना मात्रै निको भएर घर फर्किएका छन् । ५ लाख ८१ हजार ५ सय ५६ जनाको अस्पतालमा उपचार भैरहेको छ । त्यसमध्ये झण्डै ३० हजारको अवस्था गम्भिर छ । तथ्यांक अनुसार २९ हजार ५ सय ९७ जनाको अवस्था गम्भिर रहेको हो ।
अहिलेसम्म सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा १ लाख ६३ हजार ४ सय ६९ जनामा कोरोना भाईरसको पुष्टी भैसकेको छ । आज मात्रै १९ हजार ९ सय ८८ जना थपिएका छन् ।
त्यसैगरी इटलीमा ४ हजार ५० जना नयाँ बिरामी थपिएसँगै संक्रमितको संख्या १ लाख १ हजार ७ सय ३९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा ५६५ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३१ सय ४८ पुगेको छ । त्यस्तै इटलीमा एकैदिन ८१२ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ ।
चीनको अवस्था भने नियन्त्रण हुँदै गएको छ । चीनमा पछिल्लो २४ घण्टामा ४ जनाको मात्रै मृत्यु भएका छ । ३१ जना नयाँ बिरामी मात्रै थपिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस