चिप्लेढुङ्गा– कोरोना भाइरस लागे नलागेको थाहा पाउन पिसिआर मेशिन अन्ततः पोखरा आइपुगेको छ । सोमबारसम्म मेशिन पोखरा आउने नआने अन्योल आजदेखि हटेको छ । बिरामीको स्वाब परीक्षण गर्ने पिसिआर मेशिनसहितको अन्य आवश्यक स्वास्थ्य सामग्री बोकेको हेलिकप्टर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको परिसरमा अवतरण गरेसँगै यो अन्योल हटेको हो ।
हेल्किोप्टर अवतरण गरेसँगै मेशिन कहाँ राख्ने भन्ने विषयमा देखिएको विवाद पनि अब टुङ्गिएको छ । प्रदेश सकारको टोली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीबीच छलफलपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै प्रयोगशाला भवनमा कोरोना भाइरस परीक्षण गर्ने मेशिन पनि राख्ने सहमति भएको प्रदेश निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।
सामान कहाँ राख्ने भन्ने पूर्वतयारी नहुँदा र प्रतिष्ठानका जिम्मेवार व्यक्तिबीच समन्वय हुन नसक्दा यस्तो समस्या देखिएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । उनले भने “हिजो हेलिकप्टर व्यवस्थापन गर्न नसकेर मेशिन आएको थिएन, आज बिहानै मेशिनको साथमा आवश्यक किट, केमिकल र विज्ञको टोली पोखरा आएको छ, कहाँ राख्ने भन्ने विषयमा पनि धेरै विवाद देखियो, अन्ततः छलफलपछि यो टुंगिएको छ ।” श्रेष्ठले अब गण्डकी प्रदेशका बिरामीको परीक्षण सहज हुने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस