सोल-कोरोना संक्रमणको माहामारी भोगिरहेको इटालीबाट कोरियाली सरकारले आफ्ना नागरिक फिर्ता गर्ने भएको छ ।
कोरियाली सरकारी अधिकारीका अनुसार इटालीमा रहेका करिव ५३० जना नागरिकहरुलाई जाहाज मार्फत स्वदेश फिर्ता गर्न लागिएको हो ।
कोरियाली सरकारी अधिकारीका अनुसार इटालीमा रहेका ती कोरियाली नागरिकहरुलाई बुधवार या विहिवार चार्टर विमान मार्फत स्वदेश फिर्ता गरिने छ ।
अधिकारीका अनुसार ३ सय १३ यात्रुहरुलाई बुधवार कोरियाको इञ्चोन एयरपोर्ट ल्याइने छ भने बाँकी अन्य लाई विहिवार कोरिया फिर्ता गराइने छ ।
अधिकारीहरुका अनुसार विमानस्थलमा अवतरण पश्चात सम्पूर्ण कोरियाली यात्रुहरुको स्क्रिनिङ तथा कोरोना परिक्षण गरिने छ । त्यसपछि उनीहरुलाई सरकारले तोकेको ग्याङवन प्रान्त स्थित पियोङचाङ शहरको एक होटलमा बनाइएको क्वारेन्टाइन कक्षमा लगिने छ र १४ दिन त्यहि उनीहरुको स्वास्थ्य परिक्षण गरिने छ ।
१४ दिनको अनिवार्य क्वारेन्टाइन पुरा गरेपछि मात्र उनीहरुलाई आफ्नो घर पठाइने सरकारी अधिकारीले जानकारी दिएका छन् ।
कोरियास्थित रोग तथा प्रकोप नियन्त्रण केन्द्रका अनुसार हालसम्म कोरियामा कोरोना संक्रमणका कारण १६९ जनाले ज्यान गुमाइसकेका छन् भने ९८८७ जना संक्रमित रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस