विश्वभरि कोरोना संक्रमण भैरहेका बेला यौन सम्बन्धका बारेमा विभिन्न प्रसंगहरु उठेका छन् | विज्ञहरुका अनुसार कोरोना भाइरस खकार र सिगानबाट सर्दछ तर वीर्य वा योनिरसबाट सर्दैन। प्रश्न आउछ, खकार र सिगानबाट सर्ने रोग त यौन रोग होइन। यसको के सम्बन्ध छ?
कोरोना भाइरस संक्रमनबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्दछ। जब तपाई यौन सम्पर्क गर्न तयार हुनु हुन्छ, तपाईंले आफ्नो साथीसंग कम्तिमा दुइ मिटरको दुरी कायम गर्न सकिदैन। फोरप्ले सामाजिक दूरी कायम गरेर गर्न सकिदैन। तपाई सेक्सको बखत तपाईंको साथीको धेरै नजिक रहनुहुन्छ। चुम्बन र अनुहारको स्पर्शले यो भाइरस सर्ने जोखिम हुन्छ। तर यदि तपाई आफ्नो साथिमा भाइरस संक्रमन छैन भनेर यकिन गर्न सक्नुहुन्छ भने ढुक्कसंगले सुरक्षित यौन सम्बन्ध राख्न सक्नुहुन्छ। याद राख्नुहोस्, अरू कसैसँग यौन सम्पर्क गर्नु भनेको सामाजिक दूरीको बिल्कुल विपरीत हो।
न्यू योर्क शहरको स्वास्थ्य विभागले ‘सेक्स र कोरोनाभाइरस रोग २०१९’ शीर्षकको निर्देशनहरू जारी गरेको छ। उक्त निर्देशन अनुसार यौन सम्पर्क अघि र पछि यौन अङ्गहरू राम्रोसँग सफा गर्नु पर्दछ। यसका साथ साथै यदि तपाई सेक्स टोय प्रयोग गर्नुहुन्छ भने प्रयोग गर्नुभन्दा आगाडी राम्रोसँगले सफा गर्नुपर्दछ।
धेरै जना साथी र यौनकर्मीहरुसंग यस समयमा यौन सम्पर्क राख्नु जोखिमपूर्ण हुन्छ। यौन सम्पर्क राख्नुनै परे पार्टनर स्वस्थ रहेको यकिन गर्नु पर्दछ। यौन सम्पर्कको निम्ति निम्न कुराहरु ध्यान दिन जरुरी छ।
यहाँ सेक्सनको आनन्द लिन र कोरोना भाइरस (कोभिड १९) बाट बच्नको लागि केहि सुझावहरू छन्।
१. कोरोना भाइरस (कोभिड १९) कसरी फैलिन्छ जान्नुहोस्। कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको मानिस संग यौन सम्पर्क राखे यसको जोखिम बढ्दछ।
२. नजिकका व्यक्तिहरूसँग यौनसम्बन्ध राख्नुहोस् जो आफ्नो सुरक्षित सेक्स पार्टनर हुनसक्छ । हस्तमैथुनले कोरोना भाइरस (कोभिड १९) गर्दैन, विशेष गरी यदि तपाईं कम्तिमा २० सेकेन्ड अघि र पछि आफ्ना हातहरू (र कुनै पनि यौन खेलौना) साबुन र पानीले धुनुहोस्।
३. सेक्सको समयमा ध्यान दिनुहोस्। चुम्बन सजीलै कोरोना भाइरस (कोभिड १९) सर्न सक्छ। सेक्स भन्दा पहिले र पछि नुहाउनु अझ महत्त्वपूर्ण हुन्छ।
४. यदि तपाई वा तपाईको पार्टनरले असुरक्षित महसुस गर्नुहुन्छ भने यौन सम्पर्क नगर्नुहोस्।
५. कन्डम प्रयोग गरेर र अन्य सभाधानी अपनाई एच आई भी, अन्य यौन संक्रमण (एसटीआई) र असुरक्षित गर्भधारणबाट बच्नुहोस ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस