काठमाडौँ – सरकारले मेडिकल सामाग्री खरिदका लागि ओम्नी समुहसंग गरेको सम्झौता रद्द गरेको छ । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिदै गएको र नेपालमा पनि कोरोनाका पोजेटिभ विरामी देखिएपछि सरकारले कोरोना परीक्षण र उपचार सम्बन्धी मेडिकल सामाग्री खरिदका लागि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसंग सम्झौता गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले खरिद सम्झौता रद्द भएको जानकारी दिएका हुन् । सम्झौतामा उल्लेख भए अनुसारको सामान निर्धारित समय भित्र ल्याउन नसकेकाले ओम्नीसंगको सम्झौता रद्द गरिएको महानिर्देशक श्रेष्ठले बताए ।
उनले आवश्यकताको १० प्रतिशत मात्रै सामान आएको रसामानले केही समयका लागि पुग्ने भएकाले थप सामाग्री ल्याउन सरकारले भोली देखि नै नयाँ प्रक्रिया सुरु गर्ने पनि जानकारी दिएका छन् । उनले कुनै पनि अस्पताललाई मेडिकल सामाग्रीको अभाव हुन नदिने प्रतिवद्धता जनाउदै स्वास्थ्य सामाग्रीको अभावमा विरामीको उपचारमा सम्झौता नगर्न आग्रह गरेका छन् ।
विश्वमा संक्रमणको फैलावट तिब्र हुदै गएपछि थप सामान किन्न सरकारले प्रक्रिया अघि बढाएको भन्दै उनले ओम्नीसंग गरिएको खरिद सम्झौता बजार भाउ भन्दा २० प्रतिशत बढी भएको पनि स्वीकार गरेका छन् ।
अन्तराष्ट्रिय अनुभव, सल्लाह, सुझाव र वर्तमान आवश्यकता अनुसार नै मन्त्रालयले काम गरिरहेको भन्दै उनले अनावश्यक प्रश्न उठाएर नागरिकमा नकारात्मक संदेश नफैल्याउन संचार माध्यमलाई आग्रह पनि गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस