काठमाडौँ– कोभिड १९ को आशंकामा आजसम्म ११ सय ३३ को नमुना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रनालयका प्रवक्ता डाक्टर विकास देवकोटाले देशभर अहिले सम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको जानकारी दिएका हुन् ।
उनले कोरोना भाइरसका पोजेटिभ केससँग सम्पर्कमा रहेका तथा नजिकका आफन्तको पछिल्ला नमुना परीक्षण नेगेटिभ आएको बताए । उनले कोरोना संक्रमणको पोजेटिभ देखिएका केसको अहिले सम्म ८४ प्रतिशत काम सम्पन्न भएको पनि बताएका छन् । डाक्टर देवकोटाका अनुसार, धनगढीको कोरोना पोजेटिभ देखिएका व्यक्तिको परिवार, नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुको नमुना संकलन भईसकेको र परीक्षणको क्रममा रहेको छ ।
महामारी नियन्त्रण तथा रोकथाममा कन्ट्रायाक्ट टे«ेसिङ अत्यन्तै महत्वपुर्ण भएकाले विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम पोजेटिभ देखिएका व्यक्तिको परिवार तथा नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुलाई क्वारेन्टाईनमा राखेर आवश्यकता अनुसार नमुना परीक्षण गर्ने गरिएको उनले बताएका छन् ।
डाक्टर देवकोटाका अनुसार, काठमाण्डौ बाहिरको प्रयोगशाला विस्तारको काम तिब्र गतिमा भईरहेको छ । उनले पोखरामा परीक्षण सुरु भएको र ४ वटा परीक्षण रन भईरहेको , धरानमा १२ वटा नमुनाको परीक्षण रन भईरहेको तथा हेटौडामा बुधबार साझ सम्म परीक्षणको काम सुरु हुने जानकारी गराएका छन् । अहिलेसम्म मन्त्रालयको निशुल्क कल सेन्टरमा ६ हजार ९ सय भन्दा बढी कलहरु आएको र गएको २४ घण्टामा आएका २ हजार ३ सय २३ वटा कलको सम्बोधन भईसकेको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस