काठमाडौं-सरकारले कोरोना परीक्षणको प्रयोगशाला देशका सातै प्रदेशमा सञ्चालन भएको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धेरैजसो प्रदेशमा बुधबारै कोरोना परीक्षण सुरु भइसकेको र बाँकी प्रदेशमा आज (बिहीबार) यस्तो परीक्षण सुरु हुने जानकारी दिएको छ।
प्रदेश १ को धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै कोरोना परीक्षण भइरहेको छ। जहाँ १२ नमुना परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
उनका अनुसार पोखरामा पनि बुधबार कोरोना परीक्षण सुरु भएको छ। त्यहाँ अहिले ४ नमुना परीक्षण क्रममा रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।
यस्तै हेटौंडामा पनि प्रयोगशालाका उपकरण तथा जनशक्ति व्यवस्था भइसकेकाले बिहीबारदेखि कोरोना परीक्षण सेवा सञ्चालनमा आउने बताए।
प्रदेश २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नम्बर ५ को बुटवलमा पनि बिहीबार कोरोना परीक्षण सुरु हुने उनले जानकारी दिए ।
प्रयोगशाला सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा उपकरणसहित जनशक्ति खटाइसकेको जनाएको छ।
यसअघि कोरोना परीक्षण काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै हुन्थ्यो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस