सोल-कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेको वर्तमान अवस्थामा कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न सरकारले जारी गरेको निर्देशनलाई पालना गर्दै कोरियाको राजधानीस्थित सोल शहरका अधिकांश क्याथोलिक चर्चहरु तथा बुद्ध धर्मावलम्वीहरुका मन्दिरहरु अप्रिलको मध्यसम्म बन्द गर्ने अधिकारीहरुले बताएका छन् ।
क्याथोलिक चर्चका अधिकारीका अनुसार अर्को सुचना प्रकाशीत नहुन्जेल चर्चका सम्पूर्ण गतिविधिहरु बन्द हुने छन् ।
गत विहिवार मात्र सरकारले विद्यालयहरुलाई अनिश्चित समय सम्म बन्द गर्न निर्देशन दिएपछि धार्मिक स्थलहरुले समेत सरकारको कोरोना विरुद्धको लडाँईलाई साथ दिन सो निर्णय गरेको अधिकारीहरुले बताएका छन् ।
गत फेब्रुअरी २५ मा कोरियाको सिछन्जी चर्चमा संक्रमण पाइए लगत्तै कोरियाली चर्चहरुले आफ्ना सार्वजनिक कार्यक्रमहरु बन्द गरेका थिए ।
कोरियाली चर्च अधिकारीहरुले आगामी अप्रिल ८ तारिखबाट आफ्ना धार्मिक गतिविधिहरु सञ्चालन गर्ने निर्णय गरेका थिए भने बुद्ध धर्मावलम्वीहरुले पनि अप्रिल १९ तारिखबाट आफ्ना धार्मिक गतिविधिहरु सञ्चालन गर्ने बताएका थिए । तर कोरियामा हालसम्म पनि कोरोना संक्रमणको गति स्थिर तथा पूर्ण नियन्त्रणमा नआएका कारण सो निण्र्नय गरिएको सोही क्षेत्रका अधिकारीहरुले बताएका छन् ।
कोरियामा कोरोना संक्रमणका कारण हाल सम्म ९९७६ जना मानिस संक्रमित भइसकेका छन् जुन अघिल्लो दिनको भन्दा ८९ जनाले बढी हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस