सोल-हालका दिनमा पर्यटकहरुको आकर्षणको केन्द्रको रुपमा स्थापित हुँदै गइरहेको दक्षिण कोरियाको दक्षिण क्षेत्रमा अवस्थित छेजु आइल्याण्डमा कोरोना संक्रमणको नराम्रो असर परेको छ ।
कोरोना संक्रमण पश्चात उक्त आइल्याण्डमा आन्तरिक तथा बाह्य दुबै पर्यटकहरुको खडेरी नै लाग्न थालेको छ | समाचारहरुमा जनाइए अनुसार हाल छ्जु ले ठूलो पर्यटक ह्रास बेहोरिरहेको छ ।
पर्यटकहरुको भ्रमणमा आएको कमी त एका तर्फ छदै छ, अर्को तर्फ हालै अमेरिका अध्ययन गरेर कोरिया फर्केका एक बिद्यार्थी जो आफ्नो विदा मनाउन परिवनर सँगै छेजु आएका थिए, उनमा कोरोना संक्रमण पुष्टि भए सँगै छेजुमा नयाँ त्रास थपिएको छ ।
मार्च २० मा ति विद्यार्थी आफ्नी आमा सँगै छेजु आएकी थिइन् । हाल उनमा कोरोना संक्रमण पुष्टि भइसकेको छ र उनी सो रिसोर्टमा ५ दिन बसेकि थिइन् ।
छेजु पर्यटन विभागका अधिकारीका अनुसार त्यो एउटा कारक हुन सक्छ तर हाल छेजु भ्रमण गर्ने पर्यटकहरुको संख्यामा ब्यापक कटौती हुन थालेको छ । अधिकारीहरुका अनुसार हाल आन्तरिक तर्फ करिव ५२.८ प्रतिशत कम पर्यटक छेजु प्रवेश गरेका छन् भने विदेशीहरुको संख्या करिव शुन्य जस्तै बन्न थालेको छ ।
हाल ती युवतीले भ्रमण गरेका सम्पर्क स्थलहरु बन्द गरिएका छन् भने छेजुमा एक प्रकारको मानसिक संत्राश समेत छाएको छ जसका कारण स्थानीय बजारहरु समेत बन्द गरिन थालेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस