पोखरा– गण्डकी प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले नयाँ व्यक्तिमा कोरोना संक्रमण देखिएको नभइ पुरानै संक्रमितको दोस्रो पटक कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको बताएको छ ।
यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयकै एक उच्च अधिकारीले पोखरामा १ जनामा कोरोना संक्रमण देखिएको सूचना दिएका थिए ।
तर, निर्देशनालयका आपतकालीन कार्यसञ्चालन केन्द्रका सम्पर्क व्यक्ति नवराज शर्माले भने पुरानै व्यक्तिको नमूना परीक्षण गर्ने क्रममा कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको बताए ।
‘यहाँ केही मिस कम्युनिकेशन भएजस्तो भयो । यो नयाँ केस हैन, पुरानै संक्रमितको दोस्रो परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको हो,’ शर्माले भने, ‘तर, यो पोजेटिभ भनेको १९ वर्षीया बाग्लुङकी युवतीको हो । जो गत चैत ४ गते कतारको दोहाबाट नेपाल आएकी थिइन् ।’
यसअघि स्वास्थ्य सेवा निर्देशनालयले आफ्नो आधिकारिक वेवसाइटमा समेत नेपालमा कोरोना संक्रमितको संख्या ७ जना पुगेको भनेर अपडेट देखाएको थियो । तर, पछि उक्त संख्या सच्याएर ६ राखिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस