नवलपरासी– छिमेकी मुलुक भारतमा कोविद १९ कोरोना भाईरसको भारतको छिमेकी माहाराजगञ्ज जिल्लामा पनि कोरोनाका ६ स्रकंमण बिरामीहरु देखा परेपछि उक्त जोखिमलाई न्युनिकरण गर्नका लागी नवलपरासी पश्चिमको भारत संग जोडिएको मुल नाकाहरुमा नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई परिचालन गरि निगरानी बढाइएको छ ।
छिमेकी राष्ट्र भारतको माहाराजगञ्ज नवलपरासी पश्चिम जिल्ला सिमानासंग जोडिएको जिल्ला हो र उक्त जिल्ला हुदै भारतबाट लुकी छिपी भारतिय नागरिकहरु,भारतबाट कमाएर घर फिर्ता हुने नेपाली नागरिकहरुको बढ्दो आवतजावत हुने र सिमाको छेउ छाउँमा बसेका नेपाली र भारतिय नागरिकहरुले खाधान्न सामग्रीहरु नेपाल भारत कारोबार हुने जनगुनासो बढेपछि सिमामा सुरक्षाकर्मी तैनाथ गरि मानिसहरुको नेपाल भारतबाट आवातजावत मात्र नभइ सामग्रीहरु ल्याउनका लागी पनि पुर्ण रुपमा रोक लगाएको छ ।
जिल्लाको मुल नाकाहरु महेशपुर भन्सार,भुजहवा,झुल्निपुर,गुठिप्रसौनी,पकलिहवा र सुस्तामा शसस्त्र प्रहरी र नेपाल प्रहरीको निगरानी बढेको हो । भारतबाट ब्यक्ति तथा आयात हुने खाद्धन्न लगायतका सामग्रीबाट कोविद १९ कोरोना भाइरसको संक्रमण नेपालमा सर्ने र एक किसिमको माहामारी रुप लिन सक्ने उच्च जोखिम हुन सक्ने संभावनालाई न्युनिकरण गर्नका लागी शसस्त्र प्रहरी र नेपाल प्रहरी चौबिसै घण्टाको लागी १ सय मिटरको फरकमा करिब १ किलो मिटरको दुरीमा शसस्त्र प्रहरीको अस्थाई पोष्ट राखी सुरक्षाकर्मी परिचालन गरिएको शसस्त्र प्रहरी बल नेपाल नं.२६ गण हेडक्वाटरका गणपती भरत खनियाले जानकारी दिएका छन् ।
साथै सुस्ता क्षेत्रमा नारायणी नदी भएको कारणले मानिसहरु र खाधान्न सामग्रीहरु डुङ्गाको माध्यमबाट नारायणी नदि पार गरि नेपाल प्रवेश गर्ने जनगुनासो र बढ्दो चुनौतीको बिषय बन्न थालेपछि नारायणी नदी लगायत सुस्ताका मुख्य मुख्य नाकाहरुमा ३ वटा सशस्त्र प्रहरीको अस्थाइ पोष्ट राखेर बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरेको र केही स्थानिय तस्करहरुले नेपाल भारत सामग्री ओसारपोसार गर्ने बाटोहरुमै अस्थाई पोष्ट राखिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठिप्रसौनीका सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीले बताए ।
उनका अनुसार सिमा क्षेत्रमा बस्ने केही स्थानिय तस्करहरुले रातीको समयमा भारतबाट सरसमान खरिद गरेर खेत र आलीको बाटो प्रयोग गरि नेपाल प्रबेश गराएको खाधन्न सामग्री र किराना सामग्रीलाई खानतलास गरि इलाका प्रहरी कार्यालय बेलाटारी र शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठिप्रसौनीको सक्रियतामा करिब ५० हजार बराबर रकमको गएराती सुस्ता ५ पकलिहवाबाट बरामद गरेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट गुठिप्रसौनीका सशस्त्र प्रहरी निरिक्षक अधिकारीले बताए ।
यसरी नाकामा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन भएपछि केही स्थानिय तस्करहरुको दिन भनि गएको पछि स्थानियबासीहरुमा सुरक्षाको अनुभुति गर्दै हर्षित हुन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस