काठमाडौं-सरकारले नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालहरु कोरोना संक्रमित विरामी राख्नका लागि तयार भएको बताएको छ ।
सरकारले दुबै अस्पतालमा १ सयभन्दा बढी बेड र ६ वटा सघन उपचार कक्ष (आएसीयु बेड) पूर्ण तयारी अवस्थामा रहेको बताएको हो ।
मंगलबार दुबै अस्पतालमा अनुगमन गरी सम्पूर्ण तयारी पुरा भएकाले जुनसुकै बेला पनि विरामी राख्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. देवकोटाले पछिल्लो २४ घण्टामा स्वावको नमुना संकलन गरिएका ५ सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको बताए ।
बुधबारसम्म २ हजार ३ सय ६६ वटा परीक्षण भएका छन् । उपत्यकामा १ हजार ९ सय ६५ वटा र उपत्यका बाहिर ४ सय १ जनामा परीक्षण गरिएको उनले बताए ।
मंगलबारसम्म १ हजार ७ सय ९६ जनाको परीक्षण गरिएको थियो । अहिलेसम्म ९ जनामा कोरोनाको संक्रमण देखिएकोमा १ जना उपचारपछि निको भएर घर फर्किएका छन् । भने ८ जना उपचाररत रहेका छन् । उपचाररत रहेका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरलाई कन्ट्याक्ट ट्रेसिङको काम सकिएको मन्त्रालयले जनाएको छ ।
सरकारले परीक्षणको दायरा बढाएको छ । कैलाली र कञ्चनपुरबाट मात्रै १ सय ९८ जनाको र्यापिड किट र स्वावको नमुना संकलन गरिएको छ ।
अछाम, जुम्ला र सुर्खेत लगायतका जिल्लाबाट ८ सय २ वटा नमुना संकलन गरिएको प्रवक्ता डा. देवकोटाले बताए । दिपायलमा बुधबार ३ सय भन्दा बढी नमुना संकलन गर्ने उद्देश्यका साथ टोली परिचालन गरिएको छ ।
उपत्यकामा १२ र उपत्यका बाहिर १ सय २२ गरी बुधबारसम्म १ सय ३४ जना आइसोलेसनमा रहेका छन् । ८ हजार ५ सय ८० जना क्वारेन्टाइन्मा रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस