टोकियो- कोरोना संक्रमणका कारण झण्डै ५ हजार माथि संक्रमण भए पश्चात जापानले विदेशी नागरिकहरुका लागि सुचना तथा साहायता प्रदान गर्न हटलाइन सेवा सुरु गर्ने भएको छ ।
एउटा गैर नाफामूखी संस्था (एनजिओ) को अग्रसरतामा सो कार्य सुरु गरिन लागिएको हो ।
आम्दा मेडिकल सूचना केन्द्रको प्रमुख सक्रियतामा विश्वका १० भिन्न भाषामा सो साहायता तथा सुचना कक्ष सहितको हटलाइन सेवा सुरु गर्न लागिएको बताइएको छ ।
शुक्रवारबाट सुरु गरिने यो सेवा आगामी मे महिनाको २० तारिखसम्म सञ्चालन गरिने छ । सो हटलाइन सेवा बिहान १० बजे देखि बेलुका ५ बजेसम्म सञ्चालन गरिने छ ।
केन्द्रका अनुसार अंग्रेजी भाषा हरेक दिन प्रयोगमा ल्याइने छ , चिनियाँ भाषा साप्ताहिक रुपमा प्रयोगमा ल्याइने छ भने कोरियन, भियतनामी तथा अन्य भाषामा साहायता लिनका लागि केन्द्रले तालिका बनाएर अगाडी बढ्ने पनि जापानी मेडिकल संघले बताएको छ ।
जापानी सरकारले उपलव्ध गराएको टोल फ्री नम्बरमा सम्पर्क गर्दा जापानी भाषामा मात्र सुचना पाइने भएका कारण यो सेवा सुरु गरिने भएको हटलाइन सञ्चालकले बताएका छन् ।
उनीहरुका अनुसार हटलाइनमा काम गर्ने विदेशीहरुलाई आर्थिक साहायता समेत गरिने बताइएको छ । हटलाइन सञ्चालकका अनुसार सो सेवाबाट विदेशी नागरिकहरुले उपचार तथा उपचार पद्धति बारे सम्पूर्ण जानकारी पाउने छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस