सोल-दक्षिण कोरियामा कोरोना संक्रमणको केन्द्रविन्दु भनेर चिनिने थेगु प्रान्तबाट खुसिको खबर आएको छ ।
शुक्रवार कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रले दिएको जानकारी अनुसार विगत २४ घण्टामा डेगुमा एक जनामा पनि कोरोना संक्रमण पाइएको छैन ।
त्यस्तै कोरियामा पहिलो पटक ५२ दिन पछि संक्रमण संख्या ३० भन्दा कम पाइएको छ ।
विगत ५ दिन यता कोरियामा संक्रमणका विरामीहरु ५० भन्दा कम पाइदै आएका थिए भने विहिवार मात्र २७ जना नयाँ कोरोना संक्रमित विरामीहरु पाइएका छन् । यस सँगै कोरियामा कोरोना संक्रमण का विरामीहरुको संख्या १०,४५० पुगेको छ ।
त्यसै गरि कोरियामा हाल सम्म कोरोना संक्रमणका कारण २०८ जनाले ज्यान गुमाइसकेका छन् । कोरियामा कोरोना संक्रमित मध्ये करिव ७० प्रतिशत अर्थात ६,९७३ जना उपचार पश्चात घर फर्किसकेका छन् ।
केन्द्रका अनुसार कोरियामा कोरोना संक्रमण नियन्त्रण नजिक आइसकेता पनि ढुक्क भएर बस्ने स्थिति भने आइसकेको छैन ।
हाल पनि कोरियाले कोरोना भाइरसको संक्रमण परिक्षण तिब्र रुपमा गरिरहेको तथा नाका तथा विमानस्थलमा कडाई गरिरहेको कारण संक्रमण फैलिने सम्भावना कम रहेको पनि केन्द्रले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस