नवलपरासी– भनिन्छ दानिलाइ कहिल्यै हानि हुँदैन ।
हाे, यहि भनाइलाइ चरितार्थ गर्दै नवलपरासी पश्चिमको सुस्ता गाउपालिका वडा नं ५ बेलवानीका अोमप्रकाश जैसवालले लकडाउनमा अति विपन्न घरपरिवारलाई राहतको रुपमा दैनिक उपभोग्य समाग्री वितरण गरेका छन् ।
दैनिक मजदुरी गरि घरखर्च चलाउने अति विपन्न परिवारलाई सुस्ता गाउपालिकाको वडा नं ५ सकरदिनहीमा अोमप्रकाश जैसवालले १२५ घरधुरीलाई राहत स्वरुप ६ किलोग्रामको दर चामल, एक किलो अालु, एक किलो दाल र एक केजी नुन बितरण गरेका हुन् ।
लकडाउनको समयमा घरमै बस्न बाध्यता रहेकोले छाक टार्न समस्या भएका अति विपन्न घरपरिवारलाई राहत वितरण गरेको अोमप्रकाश जैसवालले बताए ।
विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड-१९) महामारीको कारण सरकारले गरेको लकडाउनमा वडा भित्र रहेका अति विपन्न परिवारले दिनभरिको ज्यालाले छाक टार्दै आईरहेका परिवारलाई अहिले छाक टार्न समस्या रहेको बेलामा सबैले आ – आफ्नो ठाउबाट अति विपन्न घरपरिवारलाई सहयोग गर्नुपर्ने अवस्था रहेको जैसवालले बताए ।
कुनै पनि घरपरिवारलाई छाक टार्न समस्या भए मलाई तुरुन्तै सम्पर्क गर्नु भनि सबैमा उनले आह्वान गरे साथै जैसवालले अहिले करोना त्रास कोभिट- १९ को बेला राजनिती गर्नु भन्दा सबैले सहयोगको भावनामा जुट्न सबैलाई अाग्रह समेत गरे । स्मरण रहोस् यस अघि पनि अोमप्रकाशजैसवाल र धनुषधारी चौधरी (कुर्मी) र चन्द्रभुषण यादवको नेतृत्वमा बेलवानीमा दुई सय पचास घरधुरीमा सोही दरका हिसाबले राहत वितरण भएको थियोे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस