एजेन्सी – कोरोना भाईरस (कोभिड १९) कारण अमेरिकामा सबैभन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । अमरिकामा पछिल्लो २४ घण्टामा १३६ जनाको मृत्यु भएसँगै मृतकको संख्या १८ हजार ८ सय ८३ पुगेको छ ।
यो संक्रमण फैलिएको देशमध्ये अहिलेसम्मको उच्च हो । यसअघि स्पेन र ईटलीमा मृतकको संख्या धेरै रहेको भएपनि पछिल्लो अपडेट अनुसार अमेरिकामा मृतकको संख्या सबैभन्दा धेरै भएको हो ।
अमेरिकामा कोरोना भाईरसका कारण ५ लाख ६ हजारमा संक्रमण फैलिएको छ । २८ हजार २ सय व्यक्ति निको भएर घर फर्किएका छन् भने ४ लाख ५८ हजार भन्दा धेरै उपचाररत छन् ।
अमेरिकामा सबैभन्दा धेरै प्रभाव न्युयोर्क सिटीमा परेको छ । न्युयोर्क सिटीमा अहिलेसम्म ७ हजार ८ सय ४४ जनाको मृत्यु भैसकेको छ । १ लाख ७२ हजार जनामा संक्रमण फैलिएको छ । अमेरिकापछि इटलीमा १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस