पंजाब- आज बिहान पंजाबको पटियाला जिल्लाको सब्जी बजारमा एक समूहले प्रहरीमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीको हात च्वाटै छिनिएको छ भने अन्य दुई अधिकारी गम्भीर घाइते भएका छन् ।
भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि प्रहरीले लकडाउन सुनिश्चित गर्न खोज्दा आक्रमणकारीले धारिलो हतियार प्रयोग गरि प्रहरीमाथि आक्रमण गरेका थिए |
हात काटिनेमा सहायक प्रहरी निरीक्षक हरजीत सिंह रहेका छन् | सिंहको एक अस्पतालमा उपचार भैरहेको छ |
पंजाबमा विदेशमा रहेका हजारौं मानिस फर्किएपछि लकडाउन मे १ सम्म बडाईएको छ ।
पंजाबका प्रहरी प्रमुख दिनकर गुप्ताका अनुसार त्यहाँ निहाङ्ग धार्मिक सम्प्रदायको गाडीले बिहान ६ बजेतिर सब्जी बजारको प्रहरी छेकबारलाई भत्काउदै हिडेको थियो | यस्तो अवस्थामा प्रहरीले उनीहरूलाई रोकेर कर्फ्यू पास हेर्न अनुरोध गर्दा आक्रमणका प्रयास गरेका थिए |
आक्रमणकारीहरू निहाङ्ग गुरुद्वार साहेबमा भागेपछि प्रहरीले विशेष अपरेसन गर्दै आत्मसमर्पण गर्न भनेका थिए ।
प्रहरी प्रमुख गुप्ताले भने, ‘दुई घण्टासम्म पनि गुरुद्वारबाट बाहिर ननिस्किएपछि स्थानीय सरपंचको नेतृत्वमा मध्यस्थकर्ता टोली गुरुद्वारमा प्रवेश गरेको थियो ।
त्यसको आधा घण्टा पछि ती अपराधीहरूले आत्मसमर्पण गरे । निस्किदा उनीहरु तरवार र छुरी लिएर बाहिर आएका थिए र प्रहरीमाथि हतियार चलाए |
शीर्ष प्रहरी अधिकारीहरूले आक्रमणमा संलग्न ९ व्यक्ति पक्राउ गरिएको जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस