काठमाडौं– वीरगञ्जस्थित जामे मस्जिदमा रहँदै आएका तीन भारतीयमा पनि कोरोना भाइरस पुष्टि भइसकेको सन्दर्भमा थप सचेतना अपनाउनु उपर्युक्त हुने प्रतिनिधि सभा सदस्या तथा पूर्व मन्त्री मोहम्मद इश्तियाक राईले बताएका छन् ।
पूर्व मन्त्री राईले प्रेस विज्ञप्ती जारी गर्दै कतिपय मस्जिदहरुमा नमाज पढ्नका लागि धेरै मानिसहरु उपस्थित हुने तर, सामाजिक दूरी कायम नराख्ने पाइएको बताउँदै चिन्ता व्यक्त गरेका छन् ।
यसैबीच उनले अहिलेको मुख्य आवश्यकता कोरोना विरुद्धको लडाई जित्न भौतिक रुपमा सामाजिक दूरी कायम गर्दै समाजमा एकता प्रस्तुत गर्नुपर्ने भएको बताएका छन् । यसै सन्दर्भमा उनले मस्जिद गएर नमाज पढ्दै आएका सम्पूर्ण मुस्लिम समुदायलाई घरमै बसेर नमाज पढ्न आग्रह गरेका छन् ।
कोरोना संक्रमित ब्यक्तिको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा बसिदिनका लागि पनि उनले आग्रह गरेका छन् । त्यस्तै, जनप्रतिनिधि, प्रशासन अधिकारीलगायतलाई पनि लकडाउनको पालना गराउँदै सामाजिक दूरी कायम राख्ने सवालमा आ आफ्नो क्षेत्रबाट थप प्रभावकारी प्रयास गर्न अपील गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस