काठमाडौँ- बेलायतमा कोरोनाको संक्रमणका कारण नेपाली महिलाको निधन भएको छ । पोखरा घर भइ सडवरी टाउनमा बस्ने पुष्पा घलेको कोरोना भाइरस संक्रणका कारण शनिबार निधन भएको स्थानीय नेपाली अनलाइनले लेखेको छ ।
केयर होममा कार्यरत अन्दाजी ३९ वर्षीया घले ज्वरो, खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी उनी श्वास प्रस्वासमा समस्या आएपछि नर्थवीक अस्पतालमा भर्ना भएकी थिइन् । अस्पताल पुगेको ४ घण्टापछि उनको मृत्यु भएको थियो । अस्पतालले उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।
१० वर्षदेखि श्रीमानसँगै लन्डनको सडवरी टाउनमा बस्दै आएकी घलेको छोरा १ वर्षको मात्रै रहेको बताइएको छ । उनको मृत्यु भएसँगै उनको परिवार पनि आइसोलेसनमा बसेको छ । परिवारको अवस्था सामान्य रहेको बताइएको छ । घलेको निधनसँगै बेलायतमा कोरोना संक्रमणका कारण दर्जनको मृत्यु भइसकेको बताइएको छ । शनिबार नै स्याङजाका यम बहादुर मल्लको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस