नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा ३५६ जना नयाँ कोरोना संक्रमितहरु पाइएका छन् ।
स्वास्थ्य अधिकारीहरुका अनुसार यो दिल्लीको एकै दिनमा पाइएको सबै भन्दा धेरै संख्याको संक्रमण हो । सोमबार पाइएका ३५६ सहित दिल्लीमा कोरोनाका १५१० जना विरामी भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा दिल्लीमा ४ जनाले ज्यान गुमाएका छन् र यस सँगै कोरोना बाट दिल्लीमा ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।
दिल्लीस्थित स्वास्थ्य अधिकारीहरुका अनुसार हाल दिल्लीमा भाइरसयुक्त क्षेत्र पनि बढेर ४७ पुगेको छ । पछिल्लो पटक दिल्लीका शान्तनगर तथा बुराइमा नयाँ संक्रमण पाइएको हो ।
संक्रमण फैलिदै गए पछि दिल्ली सरकारले शहरमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर शहरलाई डिसइन्फेक्ट गरिरहेको छ भने सरकारले हरेक निर्वाचन बुथ राखिने गरिएका स्थलमा करिव १४ हजार स्वास्थ्यकर्मी खटाएर परीक्षण उपचार गराइरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस