कैलाली-सोमबार कैलालीको लम्कीमा थप एक जनामा कोरोनाको नयाँ संक्रमण फेला परेपछि यहाँका नागरिक त्रस्त छन् ।
लम्कीमा संक्रमण देखिएकी ६५ वर्षीया १७ जनाको टोलीसहित जिल्ला प्रशासन कार्यालय पर्साको सिफारिसमा केही दिनअघि लम्की पुगेकी थिइन् ।
लम्की चुहा नगरपालिकास्थित लम्की बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको थियो । उनीहरु नेपाल र भारतको वीरगञ्ज नाकामा सडकमा बसेर चिया बेच्ने काम गर्नेहरु भएको बताइन्छ ।
तीमध्ये केही लम्कीको भुरुवा निवासी हुन् भने केही त्यहाँ घर नभएका रहेको पनि बताइन्छ । सोमबार कोरोना संक्रमण पुष्टि भएकी महिला वीरगञ्ज नाका नजीक चिया बेच्ने काममा संलग्न रहेको बताइन्छ ।
क्वारेन्टाइनमा बसेकै बेला त्यहाँं रहेका सबैको ¥यापिड टेष्ट गरिएको नगरपालिकाले जनाएको छ । क्वारेन्टाइनमा रहेका सबैको ¥यापिड टेष्ट नेगेटिभ आए पनि स्वाबको पिसिआर टेष्टका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको नमूना पोजेटिभ आएपछि संक्रमित महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
क्वारेन्टाइनमा बसेकाहरुको ¥यापिड टेष्ट नेगेटिभ आएपछि नयाँ वर्ष मनाउन घर जान पाउनुपर्ने माग गर्न थालेकाले उनीहरुलाई पिसिआरको रिपोर्ट नआउँदै गत चैत २९ गते घर पठाइएको नगरपालिकाले जनाएको छ ।
ती महिलाको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका डा जगदीश जोशीले बताउनुभयो । संक्रमितसंँग क्वारेन्टाइनबाट घर पठाइएका बाँकी १६ जनालाई समेत सोमबार फेरि क्याम्पसकै क्वारेन्टाइनमा राखिएको छ ।
संक्रमितको लम्कीमा घर नभएको र आफन्तका घरमा गएको बुझिएको छ । संक्रमित क्वारेन्टाइनबाट फर्किएपछि उनि बसेका आफन्तको घर र अरु सम्पर्क भएकाहरुको पहिचान भइरहेको छ । उनीहरुलाई पनि क्वारेन्टाइनमा राखिने वडाध्यक्ष जनक बमले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस