न्यूयोर्क- विश्वभर फैलिएको कोरोना संक्रमण हाल अमेरिकामा तिब्र गतिमा फैलिरहेको छ । सोही संक्रमणका कारण धेरै अमेरिकी शहरहरु हाल बन्द प्राय छन् ।
कोरोना संक्रमणकै कारण अमेरिकाको साउथ डेकोटा स्थित एक बंगुर उत्पादन गर्ने फार्म बन्द गरिएको छ । आफ्ना २४० बढी कामदारहरुमा कोरोना भाइरस संक्रमण पाइए पश्चात उक्त पोर्क फार्म बन्द गरिएको हो ।
कम्पनि सञ्चालक स्मिथफिल्डका अनुसार सो फार्मको उत्पादनले सिङ्गो अमेरिकाको ५ प्रतिशत माग धान्ने गरेको छ । ३५०० जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको उक्त फार्ममा ५५० जना स्वतन्त्र कामदारहरु समेत रहेका छन् ।
कम्पनीमा काम गर्ने कामदारमा संक्रमण पाइए पश्चात उक्त शहरका गभर्नर कृष्टि नोइमले उक्त फार्म बन्द गर्न भनेकी थिइन् उनको सो निर्देशनलाई पालना गर्दै स्मिथफिल्ड फूडका नामले परिचित उक्त फार्मले आगामी १४ दिनका लागि आफ्नो प्लान्ट बन्द गरिएको जानकारी दिएको हो ।
यता कम्पनिले आफ्ना कामदारलाई कम्पनि बन्द गरिने २ हप्ताको तलव सुविधामा कुनै कटौति नगरिने बताएको छ भने कम्पनी सञ्चालकका अनुसार यस्ता कम्पनि धेरै दिन बन्द गरिदा बजारमा चाहिने प्रोटीन जन्य बस्तुको अभाव हुने तथा आफ्नो स्टोरमा भएका सामानले बजारको माग धेरै दिन धान्न नसक्ने भएका कारण चाँडै यसको समाधान गरिनुपर्ने पनि बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस