दमौली– कोभिड–१९ को जोखिम नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनलाई तनहुँ जिल्लाका स्थानीयवासीले कडाईका साथ लागु गरेका छन् । लकडाउनको समयमा ग्रामीण भेगमा सर्वसाधारणको चहलपहल बढ्न थालेपछि उनीहरु आफै लकडाउनलाई कडा बनाउन लागिपरेका हुन् ।
ग्रामीण भेगमा आवतजावत रोक्नलाई प्रवेशद्वारका पक्की पुल, झोलुङ्गे, सडकमा बाँस र ढुङ्गामुढा राखेर सडक अवरुद्ध पारिएको छ । भीमाद नगरपालिकाको प्रवेशद्वारमा रहेको सेती नदीमाथिको पक्की पुलमा बाँस तेस्र्याएर सवारीसँगै मानिसको आवातजावत रोकिएको छ । उक्त ठाउँमा प्रहरी, नगरप्रहरी र स्थानीयवासीले निगरानी बढाएका छन् । अत्यावश्यक सवारीमात्र सञ्चालन गर्न अनुमति दिइएको छ ।
बिरामी बोकेका एम्बुलेन्स, खाद्यान्नका सामग्री ढुवानी सवारी मात्र भीमाद प्रवेश गर्न दिइएको इलाका प्रहरी कायालय भीमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिएका छन् । उनका अनुसार नगरपालिकामा बजार क्षेत्रमा मात्रै नभई ग्रामीण भेगमा पनि कडाई गरिएको छ ।
भीमाद नगरपालिका–१ उग्दीटोलका स्थानीयवासीले ‘अनावश्यक आवतजावत रोकाँै, कोरोनाबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ’ लेखिएको सूचनासहित बाँसको तगारो राखेर बाटो अवरुद्ध गरेका छन् । उक्त सूचनामा वडा सदस्य, टोल विकास संस्थाका प्रतिनिधिको नम्बर राखिएको छ । आवश्यक परेको बेलामा उक्त नम्बरमा फोन गरेर गाउँमा प्रवेश गर्न पाउने वडा सदस्य टेकबहादुर थापाले जानकारी दिएका छन् ।
शुक्लागण्डकी नगरपालिका–८ समावेशी टोलका युवाले पनि सङ्क्रमण फैलने जोखिमलाई मध्यनजर गर्दै बाटोमा बाँस तेस्र्याएका छन् । गाउँका प्रत्येक घरमा पुगेर कोरोनाका लक्षण, यसबाट बच्ने उपायबारे जनचेतना फैलाउने काम पनि गरिएको स्थानीयवासी प्रकाश विकले जानकारी दिए । ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाका विभिन्न गाउँ पुग्ने सडकमा स्थानीयवासीले रुख ढालेर सडक अवरुद्ध पारेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस