नयाँदिल्ली- भारतको मेघालयमा कोरोना संक्रमणका पहिलो विरामी फेला परेका छन् । सिलोङको बेथाने अस्पतालमा कार्यरत एक डाक्टरमा सो संक्रमण पाइएको हो ।
मेघालय राज्य सरकारका अनुसार ती विरामीको कुनै यात्रा विवरण पाइएको छैन । अधिकारीले सो संक्रमण बारे विस्तृत जानकारी लिने काम भइरहको र थप जानकारी अनुसन्धान पछि मात्र थाहा हुने बताएका छन् । सो संक्रमण पश्चात राज्य सरकारले सो क्षेत्रमा ३ दिन कर्फ्यू आदेश समेत दिएको छ ।
सरकारले मार्च २२ तारिखपछि सो अस्पतालमा उपचारका लागि तथा कुरुवाको रुपमा जाने सबैलाई सम्पर्कमा आउन अनुरोध समेत गरेको छ । यो नौलो प्रकृतिको घटना भएका कारण हामी पनि छक्क परेका छौँ भन्दै मुख्यमन्त्री कोनराड सांमाले सबैले अब सतर्क रहने समय आएको पनि बताएका छन् ।
मेघालय राज्य सरकारले यसअधि नै लकडाउनको समय अप्रिल ३० तारिख सम्म पुर्याएको छ । लकडाउनका बेला सरकारले कृषकहरुलाई सतर्क भएर खेति किसानी गर्न भने दिने बताएको छ ।
अधिकारीहरुका अनुसार अब पूर्वी भारतीय क्षेत्रमा कोरोना संक्रमण नभएको एउटै क्षेत्र भनेको सिक्किम मात्र रहेको छ ।
मेघालय सरकारले हाल सरकारी गाडीहरु मात्र सञ्चालन गर्न अनुमति दिएको छ भने कन्स्ट्रक्सन क्षेत्रका मजदुर तथा अन्य अत्यावश्यक मानिसहरुलाई सो सरकारी बस सेवा मार्फत सुविधा उपलब्ध गराइने जानकारी समेत दिइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस