नयाँदिल्ली – भारतको गुजरात स्थित प्रान्तिय संसदका एक एमएलएलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस राज्यका मुख्यमन्त्री विजय रुपनी तथा अन्य दुई मन्त्रीहरु सँगको भेट पश्चात स्वास्थ्य परिक्षण गरिएका उनमा कोरोनाको संक्रमण पाइएको हो ।
त्यहाँका कांग्रेसका तर्फबाट निर्वाचित एमएलए इमरान खेडावालामा कोरोना संक्रमण पाइएको हो । विश्वस्त अधिकारीहरुका अनुसार उनी संक्रमण परिक्षण अघि पत्रकार सम्मेलन लगायतका अन्य सार्वजनिक कार्यक्रमहरुमा समेत सहभागी भएका थिए ।
संक्रमित एमएलएलाई गान्धिनगरस्थित एस भि पी कोरोना विषेश अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनको सम्पर्कमा कति व्यक्तिहरु आएका थिए भन्ने बारे यकिन जानकारी हालसम्म नपाइएता पनि उनको सम्पर्कमा आएका व्यक्तिहरुलाई सम्पर्कमा आउन पनि अपिल गरेको छ ।
प्रदेश मुख्यमन्त्रीको बैठकका क्रममा उनीहरुले सामाजिक दुरी लगायतका न्युनतम सुरक्षित उपाय अपनाएका कारण त्यति आतिइहाल्नु नपर्ने भएता पनि सबैको स्वास्थ्य परिक्षण गरिने अधिकारीहरुले बताएका छन् ।
कोरोना संक्रमणका कारण गुजरातमा मात्र ६१७ जना संक्रमित भएका छन् । संक्रमित मध्ये ५५ जना सञ्चो भइसकेका छन् भने २६ जनाले ज्यान गुमाइसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस