नयाँ दिल्ली-भारतमा हाल कोरोना संक्रमण बढ्दो क्रममा छ । हरेक दिन संक्रमितहरुको संख्यामा व्यापक बढोत्तरी हुदै गइरहेको छ । यो रोग सार्न खोकी तथा हाच्छ्युँलाई प्रमूख कारकको रुपमा लिइन्छ । भारतको राजधानी दिल्लीस्थित नोइडामा खोकेकै कारणले एक व्यक्तिमाथि गोली चलाइएको छ ।
२५ बर्षीय युवक आफ्ना साथिहरु सँग बसि लुडो खेलिरहेको बेलामा अकास्मत खोकेपछि कोरोना संक्रमण सार्न खोजेको भन्दै सँगै लुडो खेलिरहेका साथीले उनी माथि गोली चलाएका हुन् ।
गोली लागेका ति युवक हाल घाइते अवस्थामा उपचाररत छन् ।
घटना बेलुका करिव ९ बजे घटेको र उक्त घटनाबाट गोली लागि घाइते हुने २५ बर्षिय युवक प्रभेस भनिने प्रशान्त सिंह हाल स्थानीय अस्पतालमा उपचाररत रहेको तथा उनको अवस्था खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ ।
उक्त घटनाका अभियुक्त ३० वर्षिय गुल्लु भनिने जयवीर सिंह फरार रहेको पनि प्रहरी श्रोतले जनाएको छ । उनी विरुद्ध ज्यान मुद्धा दर्ता गरिएको पनि प्रहरीले जनाएको छ ।
लुडो खेलीरहेको बेलामा प्रशान्त सिंहले निरन्तर खोकेका कारण उनीहरु बिच विवाद सुरु भएको थियो ।
सोही विवाद बढ्दै गए पश्चात उनीमाथि गोली प्राहार गरिएको समेत प्रहरीले बताएको छ । प्रहरीले थप जानकारी अनुसन्धान पश्चात मात्र बताउन सकिने जानकारी दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस