नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमणका कारण एक जना ८० बर्षका बृद्ध व्यक्तिको निधन भएको छ भने उनको परिवारका अन्य २ जना सदस्यहरु संक्रमित समेत भएका छन् । तर परिवारले आफ्नो परिवारमा कोरोना संक्रमणको कारक भने आफू बस्दै आएको डिफेन्स कोलोनीका सुरक्षा गार्डमाथि लगाएका छन् ।
परिवारका सदस्यको दावी अनुसार ती सुरक्षा गार्ड मकाराज निजामुद्धिन मस्जिदमा गएर आएका थिए । उनको कोरोना परिक्षण नतिजा आउन भने बाँकी नै रहेको छ ।
परिवारले ति सुरक्षा गार्ड विरुद्ध प्रहरीमा जाहेरी समेत दिएको छ । ति सुरक्षा गार्ड गत अप्रिल ३ तारिखबाट नियमित रुपमा मस्जिदमा आउने जाने गर्दथे र उनले परिवारका घरायसी कामकाजमा सहयोग समेत गर्दथे । प्रहरीले उनलाई ट्रयाक गरिसकेको पनि बताइएको छ ।
मृतककी ७० बर्ष भन्दा बढी उमेर भएकी श्रीमति पनि कोरोना संक्रमित भएकी छन् भने उनीहरुका एक नाती पनि सोही रोगवाट संक्रमित भएका छन् । अन्यमा भने सो रोगको संक्रमण नेगेटिभ पाइएको छ ।
प्रहरी श्रोतका अनुसार दिल्लीमा फैलिएको कोरोना संक्रमणको प्रमुख कारक मकाराज निजामुद्धिन मस्जिद रहेको छ जहाँबाट सबैभन्दा बढी संक्रमण फैलिएको छ । सोही मस्जिदमा प्रार्थना गर्न जाने करिव २५००० जनालाई हाल क्वारेन्टाइनमा राखिएको पनि प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सो संक्रमित परिवारका नाती पनि केही समय अघि विदेशबाट आएका थिए तर परिवारका सदस्यहरुले भने उनले क्वारेन्टाइनका सम्पूर्ण प्रकृया पूरा गरेको दावी गरिरहेका छन् । प्रहरीले भने दुबै माथि अनुसन्धान गरिरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस