भक्तपुर– कोभिड–१९ को सङ्क्रमण रोक्न भक्तपुर प्रवेश गर्ने सवारीसाधन कीटाणु निर्मलीकरण अर्थात निसङ्क्रमण गर्न शुरु गरिएको छ । भक्तपुर प्रवेश गर्ने मुख्य दुई नाकाबाट छिर्ने सवारीसाधनको जीवाणु निर्मलीकरण गर्न निसङ्क्रमण शुरु गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिएका छन् ।
प्रमुख नाका अरनिको राजमार्ग सडकअन्तर्गत काभ्रेको साँगा र काठमाडौँको जडीबुटी नाकामा शुरु भएको र केही दिनभित्रै अरनिको राजमार्गकै वैकल्पिक सडकअन्तर्गत भक्तपुर–च्याम्हासिंह–नाला सडक तथा भक्तपुर–काठमाडौँ पुरानो बाटोको पेप्सीकोला नाका भएर मध्यपुरथिमि प्रवेश गर्ने सवारीसाधनलाई नाकामा निसङ्क्रमण गर्ने तयारी भएको उनले जानकारी दिएका छन् ।
प्रत्येक नाकामा सम्बन्धित नगरपालिकाले निसङ्क्रमण गर्ने व्यवस्था गर्ने गरी भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले सहयोग र समन्वय गरेका छन् । सवारीसाधनलाई निसङ्क्रमण गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले स्वयंसेवक परिचालन गरेको छ । रेडक्रसका जिल्ला सभापति मनोजकुमार थापाले भक्तपुर प्रवेश गर्ने जडीबुटी र साँगा नाकामा तीन तीन जना स्वयंसेवक परिचालन गरी सवारीसधानको भित्र र बाहिर जीवाणुनाषक स्प्रे गरेर सवारीसाधनलाई जीवाणुमुक्त बनाउने काम गरेको जानकारी दिएका छन् ।
मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकाले पनि पेप्सीकोला नाका र नाला नाकाबाट भित्रिने सवारीसाधनलाई निसङ्क्रमण गर्ने तयारी गरेका छन् । रेडक्रसले केही दिनमै यी दुई नाकामा पनि निसङ्क्रमण गर्न शुरु गर्ने सभापति थापाले जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस