भक्तपुर-भक्तपुरका मस्जिदमा रहेका मुस्लिमको कोरोना परीक्षण गरिएको छ ।
पछिल्लो समय वीरगञ्ज र उदयपुरलगायतका जिल्लामा मस्जिदमा रहेका मुस्लिम समुदायका व्यक्तिमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा यहाँका मस्जिदमा रहेका सबैको आज भक्तपुर अस्पतालमा कोरोना परीक्षण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्लामा तीन मस्जिद र एक मदरसामा रहेका आठ जनाको कोरोना परीक्षण गर्दा उनीहरुको रिपोर्टमा कोरोना नेगेटिभ आएको जानकारी दिईन । प्रहरीको समन्वयमा अस्पतालको रेस्क्यु टोलीले उनीहरुलाई मस्जिदबाट अस्पताल ल्याएर कोरोना परीक्षण गरेको हो ।
भक्तपुर नगरपालिकाको हनुमानघाटस्थित जामे मस्जिदमा रहेका छ जना मुस्लिम जमाती र बोडेस्थित जनीउपर मासअल्लाह मस्जिद तथा जरै अरकम मदरसामा रहेका दुई जना गरी आठ जनाको कोरोना परीक्षण गरिएका हो ।
दिल्लीमा भएको एक धार्मिकसभामा सहभागी मुस्लिम समुदायमा कोरोना देखिएपछि निश्चिन्त हुन जिल्ला प्रशासनले भक्तपुरभित्र रहेका मस्जिदमा आश्रय लिएर बसिरहेकाको कोरोना परीक्षण गरेको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले मस्जिदबाट ल्याइएकाको कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना नेगेटिभ आएको बताइन ।
अस्पतालमा द्रुत विधि (आरडिटी)बाट उनीहरुको कोरोना परीक्षण गरिएको थियो । डा गौतमका अनुसार भक्तपुर अस्पतालले आरडिटी र पिसिआर गरी हालसम्म ४०० को परीक्षण गरिसकेकामा सबैको रिपोर्ट नेगेटिभ आएको र १० जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिइन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस