काठमाण्डौ – सेती प्रादेशिक अस्पतालमा उपचाररत अर्का कोरोना सङ्क्रमित पनि उपचारपछि निको भएका छन् । कैलालीको लम्कीका युवालाई अस्पतालबाट डिस्चार्ज गरेको छ |
उनलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र अस्पतालका डाक्टरहरुले फुल दिएर बिदा गरेका छन्। उनी एम्बुलेन्समा चढेर अस्पतालबाट घर फर्केका हुन्।
गत चैत ११ गते राती कैलालीको गौरीफन्टा नाका भएर भारतको मुम्बईबाट घर फर्किएका थिए। १२ गते विहान घर पुगेका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो।
त्यसको १५ औं दिनमा उनको दोस्रो र त्यसको २४ घण्टामा गरिएको तेस्रो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डा. जगदीश जोशीले बताए।
डिस्चार्ज भएपछि ती युवाले कोरोना जित्न आत्मविश्वास र हिम्मत चाहिने बताए। ‘निडरका साथ उपचारमा बसे कोराना जित्न सकिने रहेछ भन्ने मैले बुझेँ,’ उनले भने। आफूलाई पनि कुनै लक्षण नै नदेखिएकाले कोरोना संक्रमणबाट निको हुन्छु भन्नेमा आफू सुरुवातबाटै पूर्ण विश्वस्त रहेको उनको भनाई थियो।
उनी डिस्चार्ज भएसँगै अब सेतीमा चार जना संक्रमितको उपचार भइरहेको छ। चारै जनाको पछिल्लो रिपोर्ट भने पोजेटिभ नै आएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस