सोल-दक्षिण कोरियाली स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण नियन्त्रणका लागि इबोला विरुद्ध प्रयोग गरिदै आएको औषधि प्रयोग हुने जनाएको छ |
इबोला रोग बिरुद्ध प्रयोग हुने औषधी ‘रेम्डेभिसिर’ लाई स्वास्थ्य विज्ञहरुले गरेको क्लिनिकल टेस्टपछि आफ्नो देशमा प्रयोग गर्न दिने भएको हो ।
सो औषधि कोरोना संक्रमणका विरामीहरुलाई उपयोगी सिद्ध हुने विज्ञहरुको राय पश्चात सरकारले आफ्नोृ देशमा सो औषधिका् प्रयोगमा अनुमति दिएको हो ।
कोरियाली स्वास्थय बिज्ञहरुले सो औषधिको विश्वसनीयता माथि गम्भिर तथा सुक्ष्म अध्ययन गरिरहेको तथा सो औषधिका क्लिनिकल परिक्षणहरुमा समेत उनीहरुको संलग्नता रहदै आएको बताउदै उक्त औषधिलाई कोरोना विरुद्ध प्रयोग गरिन लागिएको कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रका सह निर्देशक क्वन जुन वुकले बताएका छन् ।
उक्त औषधी अमेरिकामा कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी सिद्ध भएपछि कोरियामा ल्याउन लागिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
कोरियामा स्थानीय बजारमा स्विकृत नभएका औषधिहरु स्थानीय कानुन अनुसार रोग तथा प्रकोप नियन्त्रण केन्द्रको सिफारिसमा मन्त्रालयले स्विकृत गरे पछि मात्र प्रयोगमा ल्याउन पाइन्छ ।
उक्त औषधिको निर्माता गिलेड साइन्सले दक्षिण कोरियाका ३ वटा अस्पतालहरुमा सो औषधिको परिक्षण गरिरहेको जनाएको छ । यता कोरियाली सरकारले सो औषधिको बारेमा प्रतिकृया दिनु अगाडि पर्ख र हेर को रणनीति लिएको बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस