जाकार्ता- कोरोना भाइरसको सङ्क्रमणका कारण इन्डोनेसियामा पूर्वनिर्धारित निर्वाचन पछाडी धकेलिएको छ ।
आगामी सेप्टेम्बर २३ तारिखका लागि निर्धारण गरिएको निर्वाचन पछाडी धकेलिने भएको अधिकारीहरुले जनाएका छन् । यस निर्वाचनका लागि झण्डै एक अरब मतदाता रहेका छन्।
राष्ट्रपति जोको विडोडोले सोमबार एक निर्देशन जारी गर्दै यस पुर्वनिर्धारित निर्वाच पछाडी सरेको घोषणा गरेका हुन् । उनले सेप्टेम्बरका लागि तय गरेको निर्वाचन डिसेम्बरमा हुनेगरी तय गरिएको जानकारी दिएका छन् ।
अहिले सारेर निर्धारण गरिएको समयमा पनि निर्वाचन हुन्छ की हुन्न भन्ने कुरा कोरोना भाइरसको महामारीको अवस्थामा भर पर्ने उनले स्पष्ट परेका छन् ।
विश्वमै धेरै जनसंख्या भएका मुलुकहरु मध्ये चौथो देशमा पर्ने इन्डोनेसियामा क्षेत्रीयस्तरको निर्वाचन गर्नु पर्ने बेला भएको हो ।
राज्य सचिवालयको आधिकारीक वेभसाईटमार्फत् बुधबार दिइएको जानकारीअनुसार देशका २७० क्षेत्रमा निर्वाचन गर्नुपर्ने छ ।
ती क्षेत्रमा नौ जना गर्भनर, ३७ जना मेयर र २२४ जना जिल्ला प्रमुख निर्वाचन गर्नु पर्ने वेभसाईटमा उल्लेख गरिएको छ ।
इन्डोनेसियामा कोरोना भाइरसबाट अहिलेसम्म १२ हजार ४३८ जना सङ्क्रमित भएका छन् । ती मध्ये ३६७ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका हुन् । त्यसैगरी कुल मृतकको संख्या ८९५ पुग्दा पछिलो २४ घण्टामा २३ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस