सोल-दक्षिण कोरियाली स्वास्थ्य विशेषज्ञहरुले कोरोना संक्रमण उपचार पश्चात घर फर्किसकेका बिरामीहरुमा पुन: संक्रमण भेटिनुको कारण सार्वजनिक गरेका छन् ।
उनीहरुका अनुसार उपचार पश्चात पनि भाइरसका निश्कृय अवयवहरु केही समय शरिरमा नै हुने भएका कारण उनीहरुमा पुन: संक्रमण पाइएको हो ।
गएको मंगलवार सम्ममा कोरियामा २७७ जनामा पुन संक्रमण पाईएको कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रले जनाएको छ ।
केन्द्रले उक्त भाइरस शरीरमा पुन सक्रिय नभएको नभइ उसको मृत अवयव शरिरबाट हट्न समय लागेका कारण संक्रमण पोजेटिभ देखिएको पनि बताएको छ ।
हाल कोरियामापीसीआर पद्दतिबाट संक्रमण परिक्षण गरिदै आएको छ । यो पद्दतिले भाइरसको बंशगत सूचना अर्थात आरएनएका आधारमा सूचना दिन्छ । यसले मानव कोशमा भएका साना भन्दा साना कोशीकाहरु सहजै देखाउदछ ।
त्यसैले सो पद्दतिले पहिले नै निस्कृय पाइएका भाइरसका अवयवहरु देखिएको केन्द्रले जनाएको छ ।
केन्द्रका अधिकारी म्योङ डोङका अनुसार पीसीआर पद्दतिको परीक्षणमा भएका सिमितताका कारण पुन संक्रमण पाइएको हो । क्रोनिक संक्रमण नभएसम्म भाइरस पुनर्जिवित नहुने पनि केन्द्रले स्पस्ट गरेको छ ।
यो भाइरसले एचआइभी एड्स, हेपाटाइटिस बि का भाइरसले जस्तो न्युक्लियसमा गई डीएनए नबनाउने भएका कारण र यो पुनर्जिवित पनि नहुने भएका कारण अतालिनु नपर्ने केन्द्रले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस