सोल-दक्षिण कोरियाली एकिकरण मन्त्री किम योन चुलले महामारी तथा प्रकोप जन्य रोगहरुको रोकथामका लागि उत्तर र दक्षिण कोरिया मिलेर अगाडि बढ्नु पर्ने बताएका छन् ।
यसका लागि उनले दुई देशको संयुक्त कार्यदल बनाउनुपर्ने समेत औल्याएका छन् । उनका अनुसार यसो गर्न सकिए दुई देश बिच स्वास्थ्यका क्षेत्रमा सहकार्यको भावनामा वृद्धि हुने उनले विश्वास समेत गरेका छन् ।
यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै एकिकरण मन्त्री चुलले कोरोना संक्रमणले कोरियाली जनताको जन जिवनमा मात्र असर नगरेको बताउदै सो संक्रमणले सिङ्गो उत्तर दक्षिण कोरियाली सम्बन्धमा बाधा पुगेको बताएका छन् ।
कोरोना र यस्तै प्रकारका अन्य महामारीले दुबै देशलाई नराम्ररी असर गर्ने बताउदै उनले यसकाे समाधानका लागि आवाज उठाउनु आफ्नो जिम्मेवारी रहेको समेत उल्लेख गरेका छन् ।
मन्त्री चुलले यसरि गरिने सहकार्य दिगो, विश्वसनीय तथा भरपर्दो हुनपर्नेमा पनि जोड दिएका छन् । स्वास्थ्य विज्ञहरुले पनि उत्तर र दक्षिणको संयुक्त प्रयासबाट विभिन्न रोगसँग लड्ने प्रभावकारी औषधि निर्माण गर्न सकिने बताएको भन्दै मन्त्रीले यो सहकार्य अपरिहार्य रहेको समेत बताएका छन् ।
मन्त्री चुलले आफ्नो यो प्रोजेक्ट राष्ट्रपति मुन जे ईन सरकारकै कार्यक्रमको निरन्तरता भएको पनि बताएका छन् । उनले मुनले लामो समयबाट उत्तर कोरियासँग स्वास्थ्यको क्षेत्रमा सहकार्य गर्ने अभिरुची देखाएको र पटक पटक यस बारेमा वार्ता समेत भएको बताउदै अब कार्यान्वयनको समय आएको पनि बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस