काठमाडौँ- महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले कुनै पनि अस्पतालकर्मी कोभिड–१९ बाट सङ्क्रमित नभएको जनाएको छ ।
शिक्षण अस्पतालमा कार्यरत कर्मचारीमा कोभिड–१९ देखिएको भन्ने खबरको खण्डन गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले हालसम्म कोही अस्पतालकर्मीमा सङ्क्रमण नदेखिएको जानकारी दिएका छन् ।
सत्यतथ्य नबुझी छिटो खबर प्रकाशित गर्ने होडले पत्रकाररिताको विश्वसनियतामाथि प्रश्न उठ्न जाने भन्दै उनले समाजमा अनावश्यक त्रासको वातावरण नबनाउन र संयमता अपनाउन सबैलाई अनुरोध गरेका छन् । शिक्षण अस्पतालमा उपचार गर्न आएकी ६ वर्षीया बालिकामा बिहीबार कोभिड–१९ पुष्टि भएको थियो ।
ती बालिकामा कोभिड–१९ पुष्टि भएसँगै अस्पतालले बालिकको सम्पर्कमा आएका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखी स्वास्थ्य परीक्षण कार्यलाई जारी राखेको छ ।
सङ्क्रमित बालिकालाई शिक्षण अस्पताल परिसरमै रहेको गणेशमान भवन बनाइएको आइसोलेशन वार्डमा राखिएको छ । उनको स्वास्थ्यस्थिति सामान्य रहेको अस्पतालले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस