काठमाडाैं-कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा मृत्यु हुनेकाे संख्या १ लाख नाघेकाे छ । विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा अनुसार बुधबार बिहानसम्म १ लाख ५ सय ७९ पुगेकाे छ ।
अमेरिकामा अहिलेसम्म १७ लाख २५ हजार १४८ जना भाइरसबाट संक्रमित भइसकेका छन् । मंगलबार मात्र त्यहाँ १८ हजार ९२२ जना काेराेना संक्रमित भेटिएका छन् भने ७७४ जनाकाे मृत्यु भएकाे छ । याे संख्या विगतकाे तुलनामा कमै हाे ।
अमेरिकामा हाल मृत्युदर घटेसँगै निकाे हुने दर बढ्दै छ । त्यहाँ अहिलेसम्म कुल संक्रमितमध्ये ४ लाख ७८ हजार ३९२ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । बाँकी ११ लाख ४४ हजारभन्दा बढी संक्रमित हाल उपचाररत छन्, जसमध्ये १७ हजारबढीकाे अवस्था खतरापूर्ण रहेको जनाइएको छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा पछिल्ला दिनहरूमा संक्रमित संख्या र मृत्युका घटना न्यून हुँदै गएका छन् । अहिलेसम्म न्यूयोर्कमा ३ लाख ७३ हजारभन्दा मानिस संक्रमित भएका छन् भने २९ हजार ४५१ जनाकाे मृत्यु भइसकेकाे छ । त्यहाँ मंगलबार १ हजार १२८ जना नयाँ संक्रमित थपिएका छन् भने १४१ जनाकाे मृत्यु भएकाे छ ।
अर्को बढी प्रभावित राज्य न्यूजर्सीमा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार १९७ पुगेको छ । न्यूजर्सीमा काेराेना संक्रमितकाे संख्या १ लाख ५७ हजार नाघेकाे छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस