काठमाडौँ- काठमाडौँ उपत्यकाको बिभिन्न अस्पतालमा २३ जिल्लाका ३ सय ८ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता जगेश्वोर गौतमले काठमाडौँ उपत्यकाको विभिन्न आस्पतालहरुमा २३ जिल्लाका संक्रमितहरुको विवरण आजको नियमित पत्रकार समेलनमा जानकारी दिएका हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,टेकुमा अछामका १ महिला र १२ पुरुष, अर्घाखाँचीका १६ पुरुष, बैतडीका ६ महिला र १८ पुरुष, बझाङका ४ पुरुष, बाजुराका १ महिला र ३ पुरुष, बाराका १ महिला र ७ पुरुष, डडेल्धुराका २ महिला र ६ पुरुष, धादिङका ३ पुरुष, डोटीका १५ महिला र ३१ पुरुष,गुल्मीका २ महिला र ५ पुरुष, जाजरकोटका १ पुरुष, कैलालीका २ महिला र ६ पुरुष, कञ्चनपुरका ३ पुरुष, कपिलवस्तुका १ पुरुष, पर्साका १ पुरुष, रसुवाका ८ महिला र १ पुरुष, रौतहटका ३ महिला र ३१ पुरुष, सल्यानका १३ पुरुष, सर्लाहीका ६ पुरुष, स्याङ्जाका ५ पुरुष छन् । ४१ जना महिला र १७३ जना पुरुष सहित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,टेकुमा जम्मा संक्रमित २१४ रहेको गौतमले जानकारी दिएका छन् ।
त्यसैगरि पाटन आस्पताल, ललितपुरमा पांचथरका १ महिला, काठमाडौँका १ महिला र ३ पुरुष, भक्तपुरका १ पुरुष रहेको गौतमले जानकारी दिएका छन् । संक्रमितहरु २ महिला र ४ पुरुष गरि जम्मा ६ जना रहेको गौतमले जानकारी छन् ।
प्रबक्ता गौतमका अनुसार बीरआस्पताल, काठमाडौँमा बझाङका १ महिला र ३ पुरुष र डोटीका २ पुरुष छन् । काठमाडौँको बिर आस्पतालमा १ महिला र ५ पुरुष सहित ६ जना नया संक्रमित थपिएका छन् ।
त्रिभुबन विश्वबिद्यायल टिचिङ आस्पतालमा बाजुराका ३२ महिला र ५० पुरुष रहेका छन् । सो आस्पतालमा आज थप ८२ जना संक्रमित थपिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस