सोल-दक्षिण कोरियाको स्वास्थ्य विभागले विदेशबाट आएका नागरिकमा कोरोना संक्रमण पाइएमा सो को उपचारमा लाग्ने सम्पुर्ण खर्च उनीहरुबाटै असुल्ने तयारि थालेको छ ।
स्वास्थ्य तथा समाजकल्याण मन्त्रालयका डाइरेक्टर योन ताइ होका अनुसार हालसम्म त्यस्ता विरामीहरुको सम्पुर्ण उपचार सरकारले हेरिरहेको तर यसरि सँधै सम्भव नहुने भएकाले उनिहरुको उपचारमा लाग्ने सम्पुर्ण खर्च उनीहरुबाटै लिने तयारि गरिएको हो ।
एक जनाको कोरोना उपचारमा करिव ३ लाख ३० हजार रुपैया देखि ७ लाख रुपैया सम्म खर्च हुने गरेको छ । विरामीको स्वास्थ्य स्थिति हेरेर खर्च तलमाथि हुन सक्दछ । यहि स्थितिमा नियमित नि:शुल्क स्वास्थ्य उपचार सम्भव नभएको कोरियामा रहेका स्वास्थ्य वीमा कार्यालयहरुले बताएका छन् ।
जुन २६ तारिख पश्चात दक्षिण कोरियामा पाइएका कुल संक्रमितहरु मध्ये ६० प्रतिशत विदेशी नागरिक पाइएका छन् । विश्वमा १ करोड ५० लाखको हाराहारीमा संक्रमित पाइसकेको अवस्थामा कोरिया आउने मानिसहरुमा संक्रमण हुन सक्ने बताउदै अबका दिनमा परिक्षण तथा उपचारमा शुल्क लगाउने तयारि भइरहेको स्वास्थ्य विभागले जनाएको छ ।
हालसम्म दक्षिण कोरियाले १४ लाख ८२ हजार ३ सय नब्बे जनाको कोरोना परिक्षण गरिएको र सो मध्ये १२६४३ जनामा संक्रकण पाइएको थियो । हाल कोरोना भाइरसका ८०० बढी सकृय संक्रमित दक्षिण कोरियामा उपचाररत छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस