नयाँ दिल्ली- भारतमा सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ३१० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या १२ लाख ८७ हजार ९४५ पुगेको अधिकारीले जनाएका छन् ।
कोरोना भाइरस संक्रमणको कारण एकैदिनमा ७४० जनाको मृत्यु भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाको संख्या अहिलेसम्म ३० हजार ६०१ पुगेको अधिकारीले जानकारी दिएका छन् ।
भारतमा अहिले पनि ४ लाख ४० हजार १३५ जना संक्रमित अवस्थामै रहेका छन् भने ८ लाख १७ हजार २०९ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र राज्यमा ३ लाख ४७ हजार ५०२ जना संक्रमित भएका छन् ।
त्यसपछि तमिलनाडुमा १ लाख ९२ हजार ९६४ संक्रमित रहेका छन् । राजधानीसमेत रहेको दिल्ली प्रदेशमा १ लाख २७ हजार ३६४ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । त्यसपछि आन्ध्र प्रदेश,कर्नाटका र तेलङ्गानामा कोरोना भाइरस संक्रमितहरु अरु राज्यको तुलनामा बढी नै रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस