वीरगञ्ज: शनिबार राती अबेर आएको परिक्षण रिर्पोट अनुसार पर्सामा थप ४५ जनामा कोरोनो संक्रमण देखिएको छ । ४५ जना नयाँ संक्रमित थपिए सँगै पर्साका कोरोना संक्रमितको सख्या ५०७ पुगेको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार शुक्रबार ६४ जना थपिएर ४ सय ६२ जना संक्रमितको सख्या पुगेको पर्सा जिल्लामा शनिबार ४५ जना थपिएपछि कूल संक्रमितको सख्या ५०७ पुगेको हो ।
शनिबार ५ देखि ६२ वर्ष उमेर समुहका १४ महिला ३१ पुरुष गरी ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरुको सम्पर्कमा आएकाको खोजी, मास टेस्टिङका लागि नमूना संकलन गरिएका ३७ जना र ७ जना आफै पैसा तिरेर पेड पिसिआर परिक्षण गराएका लगायत ४५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले जानकारी दिएका छन् ।
शनिबार पुष्टि भएका ४५ जना संक्रमित मध्ये ४३ जना वीरगञ्ज महानगरपालिका भित्रकै रहेका छन् भने एक जना सखुवाप्रसौनी गाँऊ पालिका र एक जना ठोरी गाँऊपालिकाका रहेका छन् ।
शनिबार राति संक्रमण पुष्टि हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका १६ जना , वडा नम्बर ४ का १५ जना , वडा नम्बर १३ श्रीपुरका ४ जना , वडा नम्बर ३ , ८ र १८ का १÷१ जना र वीरगन्ज २५ सिर्सिया सुख्खा बन्दरगारका ५ जना गरी ४३ जना , एक जना सखुवाप्रसौनी गाँऊ पालिका र एक जना ठोरी गाँऊपालिकाका गरी ४५ जना रहेका छन् ।
वीरगञ्ज–४ विर्तास्थित कन्या माविबाट मास टेष्टिङ अन्तर्गत साउन १२ गते संकलन गरिएको १४९ जनाको स्वाब नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको , यसअघि वीरगञ्ज–६ माईस्थान मीनाबजार क्षेत्रमा मास टेष्टिङमा लिईएको १२६ नमूना परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भयो भने वीरगञ्ज–९ घण्टाघरस्थित रेल्वे माविबाट मास टेष्टिङका लागि लिईएको ११३ नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भईसकेको छ ।
पछिल्लो समयमा कुनै पनि ट्राभल्स हिस्ट्री नभएका पसल सञ्चालक, साउन्ड सर्भिस टेक्निसियन, होम ट्युसन पढाउने शिक्षिका जस्ता बढी जनसम्पर्कमा रहेकाहरुलाई संक्रमण देखिएको स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमुद ठाकुरले जानकारी दिएका छन् ।
मेयर सरावगीको परिवारका दुई सदस्यमा पनि संक्रमण
कोरोना संक्रमित वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको पहिलो चरणको कन्ट्याक्ट ट्रेसिङमा परेका सरावगीको परिवारका दुई सदस्यसहित ६ जनामा पनि संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले जानकारी दिएका छन् ।
त्यसैगरी नगर प्रमुखको सम्पर्कमा रहेका वीरगञ्ज–११ श्रीपुरका १८ र ४५ तथा वीरगञ्ज–१३ का ३० र १९ वर्षीय पुरुष गरी चार जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको दोश्रो चरणको सम्पर्क रहेका वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरुको शनिबार स्बाव संकलन गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस