स्याङ्जा : कारोनाको महामारीमा स्याङ्जामा समुदायका दुई महिलासहित सात जनामा कोरोना पुष्टि भएको छ । साउन ४ गते जुवा खेलेको अवस्थामा पुतलीबजार १३ मा प्रहरीले छ जनालाई पक्राउ गरेकोमा साउन ६ गते प्रहरीमा कोरोना पुष्टि भएपछि समातेको तीन दिनमा ७ गते प्रक्रिया पूरा गरेर छोडिएको थियो । प्रहरीबाट छुटेर घर पुगेका युवाकाे पीसीआर टेष्ट गर्दा साउन १८ गते कोरोना पुष्टि भएको थियो ।
युवामा कोरोना सङक्रमण भेटिएपछि उनको सम्पर्कमा आएका ३८ जनाको स्वाब लिएर परीक्षण गर्दा सात जनामा कोरोना सङ्क्रमण प्रमाणित भएको पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद काफलेले बताएका छन् ।
युवाको सम्पर्कमा आएका आफ्नै घरका आमा, बुवा, दाइ र श्रीमतीमा कोरोना देखिएको हो भने अन्य तीन जना गाउँले रहेका छन् । पक्राउ परेका जुवाडेलाई होम क्वारेन्टाइनमा राख्ने सहमतिमा लगेपनि क्वारेन्टाइनमा नराख्दा समस्या आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यहाँ क्वारेन्टाइनबाहिरका सुरक्षाकर्मी, डाक्टर, एम्बुलेन्स चालक, सरसफाइकर्मी, प्रहरी परिवार, भान्से र स्थानीय गरी ५९ जना समुदायका नागरिकमा कोरोना सङक्रमण देखिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस