काठमाडौँ- दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युदर बढ्दै गएको छ । सङ्क्रमणबाट विश्वव्यापी मृत्युदर ३.८ प्रतिशत छ । सार्क मुलुकमा मात्र दुई प्रतिशत पुगेको छ । नेपालमा पनि कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएको छ ।
यतिबेला नेपालमा कोरोना सङ्क्रमणको मृत्युदर ०.३ प्रतिशत रहेको छ । करिब एक महिना अघि नेपालमा ०.१ प्रतिशत मृत्युदर रहेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सार्क क्षेत्रका आठ मुलुकमध्ये सबैभन्दा बढी अफगानिस्तानमा ३.५ प्रतिशत मृत्युदर छ ।
त्यसपछि भारत र पाकिस्तानमा २.१ प्रतिशत, बङ्गलादेशमा १.३ प्रतिशत, श्रीलङ्कामा ०.४ प्रतिशत मृत्युदर पुगेको छ । कोरोना सङ्क्रमणबाट मृत्यु नहुने एउटै मात्र सार्क मुलुक भुटान रहेको छ ।
पछिल्लो तथ्याङ्क अनुसार विश्वभर एक करोड ८७ लाख २८ हजार ५४७ जना सङ्क्रमित पुगेका छन् । जसमध्ये सात लाख चार हजार बढीको ज्यान गएको छ । तीमध्ये ६३ प्रतिशत निको भएका छन् । अझै ३३.९ प्रतिशत सक्रिय कोरोना सङ्क्रमित छन् । सार्क मुलुकतर्फ नेपालमा २७.६ प्रतिशत सक्रिय सङ्क्रमित छन् । निको भएर घर फर्कनेमा नेपालका ७२.१ प्रतिशत छन् ।
भारतमा १९ लाख १० हजार ६८१ सङ्क्रमित छन् । ३९ हजार ८५६ को मृत्यु भएको छ । निको हुने दर पनि नेपालको बढी रहेको जनस्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताउनुभयो । भारतसरह नै मृत्युदर रहेको पाकिस्तानमा निको हुने अत्यधिक अर्थात् ८८.९ प्रतिशत छन् । त्यहाँ जम्मा सक्रिय सङ्क्रमित ८.९ प्रतिशत छन् । त्यहाँ दुई लाख ८१ हजार १३६ जना सङ्क्रमितमध्ये छ हजार १४ को मृत्यु भएको छ ।
श्रीलङ्कामा ८९ प्रतिशत निको भएका र १०.६ प्रतिशत सक्रिय सङ्क्रमित छन् । भुटानमा ८७.४ प्रतिशत निको भएका र १२.६ प्रतिशत सक्रिय सङ्क्रमित छन् । सबैभन्दा बढी मृत्युदर रहेको अफगानिस्तानमा ६९.५ प्रतिशत निको भएका र २७ प्रतिशत सक्रिय सङ्क्रमित छन् । त्यहाँ ३६ हजार ८२९ सङ्क्रमितमध्ये एक हजार २९४ को मृत्यु भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस