बेनी – म्याग्दीका थप छ जनाले कोरोना जितेपछि सङ्क्रमित सबै ४७ जनाले कोभिड–१९ जितेका छन् । योसँगै म्याग्दी कोरोना सङ्क्रमित सबैले कोरोना जितेकाले कोरोनामुक्त जिल्ला भएको छ ।
सदरमुकाम बेनीमा आइसाेलेसन राखेर उपचार गरिरहेका छ जनाले कोरोना भाइरस जितेर शनिबार बिहान घर फर्केका हुन् । म्याग्दीमा हाल सम्म पाँच महिलासहित ४७ जनामा सङ्क्रमण पुष्टि भएको र सबैजना कोरोना जितेर घर गइसकेका छन् ।
बहराइनबाट आएका मङ्गला गाउँपालिका–२ का ३७ वर्षीय पुरुष, साउदीबाट आएका मङ्गला गाउँपालिका–५ का ३० वर्षीय पुरुष, बहराइन आएका अन्नपुर्ण-८ का ४९ वर्षीय, अन्नपूर्ण गाउँपालिका–८ का साउदीबाट आएका ३५ वर्षीय पुरुष, साउदीबाटै आएका अन्नपूर्ण गाउँपालिका–३ का २३ वर्षीय पुरुष, र कुवेतबाट आएका मालिका गाउँपालिका–४ का ३४ वर्षीय पुरुषले कोरोना जितेको जनस्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए ।
प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले सबैले कोरोना जितेसँगै जिल्ला कोरोनामुक्त भएको बताएका छन् । प्रजिअ ढकालले समुदायमा सङ्क्रमण फैलिए नफैलिएको बारेमा एकिन गर्न नसकिएकाले सबैले संयम र अनुशासित भएमा कोरोना फैलावट रोक्न सकिने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस