वीरगञ्ज – शनिबार राती अबेर आएको पिसिआर परीक्षण रिर्पोट अनुसार पर्सा जिल्लामा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ९ जना नेपाल प्रहरी, १ जना भारतीय महावाणिज्य दुतावास वीरगञ्जका कर्मचारी सहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा मृत्युपश्चात गरिएको पिसिआर परिक्षणमा १ पोजेटिभ सहित पर्साका ७१ जना र बारा जिल्लाका ३ जना तथा सर्लाही जिल्लाका एक जना रहेका छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार ६० जना पुरूष र १५ जना महिला सहित ७५ जना १२ वर्षका देखि ६८ वर्ष उमेर समुहका नयाँ संक्रमित पुष्टि भएको हो ।
संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ९ जना नेपाल प्रहरी १ जना १५ बर्षकी महिला , वीरगञ्ज स्थित भारतीय महावाणिज्य दुतावासका कर्मचारी ३५ बर्षिय १ जना पुरुष कर्मचारी, नारायणी अस्पतालका १ जना पुरुष र १ जना महिला कर्मचारी रहेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. उपाध्यायले बताएका छन् ।
वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोमा पनि संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमित पुष्टि भइसकेका वीरगञ्जका मेयर विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलाको निरन्तर सम्पर्कमा रहेर काम गरेका महत्तोको साउन २१ गते पिसिआर परिक्षणको लागि स्वाबको नमूना संकलन गरिएको थियो ।
शनिबार राती आएको परिक्षण रिर्पोटमा संक्रमित देखिएका ७५ जना मध्ये ८ जना संक्रमितमा ज्वरो र खोकीका लक्षण रहेको बताईएको छ । जसमध्ये २९ जना नयाँ संक्रमितमा कन्ट्याक्ट ट्रेसिङको आधारमा परिक्षण गराएका र ११ जना आफै पैसा तिरेर पिसिआर परीक्षण गराएका रहेका छन् ।
त्यसैगरी पर्सामा पुष्टि भएका ७१ नयाँ संक्रमितहरुमा वीरगञ्ज महानगरपालिकाको बारुण नियन्त्रणका ३९ बर्षिय र ५० बर्षका २ जना पुरुष कर्मचारी, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका १६ बर्ष देखि ६८ बर्षका सम्मका ४६ जना रहेका छन् । नयाँ संक्रमितहरुमा वीरगञ्जको गणेश टोलका ७ जना, वीरगञ्जको लिंकरोड, राधेमाई, नगवा, घडीअर्वा, महावीर टोल, कुम्हाल टोल, भिस्वा, पटेलनगर, पावर हाउस, चिनीमिल क्वाटर, पानीट्यांकी, पिपरा, श्रीपुर, मुर्लीका बासिन्दा रहेका छन् ।
त्यस्तैगरी पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकाका वडा नम्बर ७ का २६ बर्षका १ जना पुरुष, पर्सागढी नगरपालिका वडा नम्बर ६ का ३२ बर्ष देखि ५० बर्षका ३ जना पुरुष, पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ निवासी २२ बर्षका १ जना पुरुष, जिराभवानी गाँउपालिका वडा नम्बर २ निवासी २२ बर्षकी १ जना महिला, पर्सा जिल्ला अमरपट्टी वडा नम्बर ४ निवासी २ जना महिला र १ जना पुरुष र पकहामैनपुरु गाँउपालिका निवासी २ जना पुरुष रहेका छन् ।
त्यसैगरी बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर ६ निवासी ३३ बर्षका १ जना पुरुष , बारा जिल्ला परवानीपुर ३ निवासी ३२ बर्षिय १ जना पुरुष, बारा जिल्ला फेटा गाँउपालिका ६ निवासी २२ बर्षका १ जना पुरुष र सर्लाही जिल्लाका ३६ बर्षका १ जना पुरुष रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस