काठमाडौँ – काठमाडौँ उपत्यकामा कोरोना महामारीको जोखिम प्रतिदिन बढ्दै गएको छ । शुक्रबार र शनिबार फेला परेका अधिकांश सङ्क्रमितको यात्रा विवरण उपत्यका बाहिर देखिँदैन ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएकाले स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरिएको बताउछन् । सर्वसाधारणको लापरबाहीका कारण सङ्क्रमण टोल, गल्ली र बस्तीमा फैलिइसकेको आशङ्का बढेकाले उच्च सतर्कता जरुरी भएको हो ।
पीसीआर परीक्षण गर्दा ‘पोजेटिभ रिपोर्ट’ आएकाको यात्रा विवरण हेर्दा बाहिरबाट आउनेको सङ्ख्या ६० प्रतिशत र कहीँ कतै नगएको विवरण उल्लेख गर्नेहरूको सङ्ख्या ४० प्रतिशत छ । बन्दाबन्दी हटेसँंगै असुरक्षित आवागमनका कारण सङ्क्रमण फैलिएको बुझाइ सुरक्षा अधिकारीको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा फेला परेका सङ्क्रमित प्रहरी कर्मचारी बन्दाबन्दी सुरु भएदेखि कोठा र कार्यालयबाहेक अन्य स्थानमा गएको देखिएको छैन ।
सङ्क्रमितको यात्रा विवरण उपत्यका बाहिर गएको देखिएन, एक प्रहरी अधिकारीले बताए ।
सङ्क्रमित व्यक्ति महानगरीय प्रहरी कार्यालयका ‘हजाम’ हुन्, शङ्का लागि केही प्रहरी कर्मचारीको पीसीआर परीक्षण गर्दा उनीमा पोजेटिभ आएछ, ती प्रहरी अधिकारीका अनुसार हजामको सम्पर्कमा आएका ८० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
त्यस्तै नेकपाका महासचिव विष्णु पौडेलका पीएसओ (पर्सनल सुरक्षा अधिकृत)को यात्रा विवरण पनि उपत्यका बाहिर देखिँदैन । प्रहरी नायब निरीक्षक दर्जाका ती प्रहरी अधिकारीमा शनिबार कोरोना देखिएको छ ।
बबरमहलस्थित औषधि व्यवस्था विभागको चमेना गृहमा कार्यरत एक महिलाले पनि आफू कोरोना सङ्क्रमित भएको खबरप्रति आश्चर्यचकित बनेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस