काठमाडौँ – जनकपुरधामका पूर्व नगरप्रमुख कृष्ण गिरीको मृत्यु भएको छ । ललितपुरस्थिति मेडिसिटी अस्पतालमा उपचाररत गिरीको राति १२ बजेर १० मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
जनकपुरधामस्थित होटेल रामाका सञ्चालकसमेत रहेका ७२ वर्षीय गिरीलाई मस्तिष्कघात भएपछि साउन ९ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । जनकपुरधाम–२, मिल्स एरिया निवासी उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो ।
परिवारका सदस्य अनुराग गिरीका अनुसार उपचारकै क्रममा राति निधन भएको र शव व्यवस्थापनको लागि नेपाली सेनाले तयारी गर्दैछ । उपचारकै क्रममा उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको बताइएको छ । उनका श्रीमती र दुई छोरा छन् । विक्रम सम्वनत् २०४४/४५ मा जनकपुरधाम नगरपालिकाको मेयरमा निर्वाचित उनी पञ्चायत कालका अन्तिम मेयर थिए ।
अष्ट्रेलिया र बेलायतमा रहेका गिरीका दुवै छोरा एक साताअघि मात्रै नेपाल आएका थिए । वि.सं. २००५ साल साउन २७ गते जन्मिनुभएका गिरीको ७२ वर्ष पूरा भएकै दिन निधन भएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस