नेपालगञ्ज – बाँकेमा विहीबार ३० जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भै घर फर्किएका छन् । समुदायमा संक्रमण फैलिएपछि पछिल्लो समयमा संक्रमितहरु बढ्दै गएको बेला विहिबार एकै पटक ठुलो संख्यामा संक्रमितहरु डिस्चार्ज भएका हुन् ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार विहीबार निको भएर घर फर्किनेहरुमा आन्तरिक राजश्व कार्यालयका अधिकृतसहित कर्मचारी र उनका आफन्तहरु, त्रिभुवन चोकको मिठाइ पसलका परिवार तथा नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारी रहेका छन् ।
उनले निको भएर फर्किनेहरुमा नेपालगञ्जका १८ जना कोहलपुर र राप्तीसोनारीका एक–एकजना तथा दाङ, बर्दिया, दैलेख र पर्साका एक–एकजना रहेको बताएका छन् ।
सुर्खेत र कञ्चनपुरका दुई–दुईजना गरी चारजना पनि विहीबार नै डिस्चार्ज भएका छन् । कोरोनाबारे जानकारी दिन सम्पर्क व्यक्ति तोकिनु भएका श्रेष्ठका अनुसार विहिबार डिस्चार्ज भएकाहरुमा अधिकांश आन्तरिक राजस्व कार्यालयका कर्मचारी र र उपमहानगरपालिकाका कर्मचारी रहेका छन् ।
उहाँका अनुसार तीस जना विहीबार डिस्चार्ज भएसँगै बाँकेमा कोरोना भाइरस संक्रमण जित्नेको संख्या ४३५ पुगेको छ । हालसम्म जिल्लामा संक्रमित हुनेको संख्या ६ सय ६७ पुुगेको छ । तीमध्ये तीनजना संक्रमितको मृत्यु भइसकेको छ ।
दुइसाता अघि संक्रमितको संख्या घटेर १२ जनामा पुगिसकेको बेला नेपालगञ्जको एक मिठाई पसल, आन्तरिक राजस्व कार्यालय र अन्य सरकारी कार्यालय, प्रहरी कार्यालय तथा बैंकहरुमा संक्रमण तिव्र गतिमा फैलिएपछि फेरी संक्रमित थपिंदै जाँदा अहिले पनि २२५ जना आइसोलेसनमा उपचार गराईरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस