काठमाडौँ – काठमाडौँको कालीमाटी, कुलेश्वर र बल्खु क्षेत्रका ४० जनाभन्दा बढी फलफूल तथा तरकारी व्यापारीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
कोरोना सङ्क्रमणको समस्या दिन प्रतिदिन बढ्दै गएपछि काठमाडौँ महानगरपालिका–१४ ले कुलेश्वर र बल्खु क्षेत्रका पसल तथा केही बस्ती ‘सिल’ गरेको छ । कामपा–१४ का वडाध्यक्ष शोभा सापकोटाले बुधबार र बिहीबार गरी ४० जनाभन्दा बढीमा कोरोना सङ्क्रमण भएकोे जानकारी दिएका छन् ।
बन्दाबन्दी हटेसँगै फलफूल तथा तरकारी बजारमा भारत र तराईबाट धेरै जना फर्किएका कारण कोरोना सङ्क्रमण बढेको अनुमान गरिएको छ । वडाध्यक्ष सापकोटाले केही दिनसम्म टोल, बस्ती र बजार नै सिल गरी कोरोना नियन्त्रणको प्रयास अगाडि बढाएको जानकारी दिए ।
त्यस्तै वडा कार्यालयले अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीले स्थानीय तहसँगको समन्वयमा कोरोना रोकथाम तथा नियन्त्रण कार्य भइरहेको जनाएको छ । वृत्त प्रमुख रुगम कुँवरले कोरोना सङ्क्रमण देखिएका टोल, बस्ती, पसल सिल गरी कडाइ गरिएको तथा अत्यावश्यकबाहेक अन्य पसल बन्द गरिएको स्पष्ट पारेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस